ईडीको हिरासतबाट अरविन्द केजरीवालकाे पहिलो आदेश जारी

65fd5ea87d02d-arvind-kejriwal-dedicated-to-country-regardless-of-whether-in-jail-or-outside-223415506-16x9.jpg

नयाँ दिल्ली: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल हाल ईडीको हिरासतमा छन्। उनले हिरासतबाटै जल मन्त्रालयसित सम्बन्धित पहिलो आदेश जारी गरेका छन्। यो आदेश उनले लिखित नोटको माध्यमबाट जलमन्त्री आतिशीलाई जारी गरेका छन्।

आइतवार बिहान आतिशीले प्रेसवार्ता आयोजना गरी उक्त आदेशको बारेमा जानकारी गराइन्। उनले बताइन्, दिल्लीबासीलाई पानीको अभाव नहोस् भनेर मुख्यमन्त्री केजरीवालले पानीको समस्या झेलिरहेका क्षेत्रहरूमा तत्काल ट्यांकरको माध्यमबाट पानीको आपूर्ति सुनिश्चित गर्ने आदेश दिएका छन्। उनले दिल्ली सरकारका मुख्य सचिवलाई पनि आदेश जारी गरेका छन्, यदि उनलाई कुनै समस्या भइरहेको छ भने उनले सोझै उपराज्यपालसित सम्पर्क गरून्। आतिशीले भनिन्, आफू जेलमा हुँदा पनि केजरीवाललाई दिल्लीबासीको चिन्ता छ।

वास्तवमा दिल्लीमा गर्मी शुरू हुनसाथ पानीको आपूर्ति ठूलो समस्या भएर उदाउँछ। पछिल्लो समयमा दिल्लीमा पानी अनि सीवरको समस्यालाई लिएर विधानसभाको विशेष सत्र पनि डाकिएको थियो। यस सत्रमा विधायकहरूले आ-आफ्नो क्षेत्रमा व्याप्त पानीको समस्यालाई उठाउँदै जलमन्त्रीसित जवाफ मागेका थिए। त्यसपछि मन्त्री आतिशीले अधिकारीहरूबाट प्राप्त रिपोर्टको आधारमा विधानसभालाई जानकारी दिएकी थिइन्। वर्तमानमा दिल्लीमा पानीको आपूर्ति लगभग १,००० एमजीडी (मिलियन ग्यालन प्रतिदिन) भइरहेको छ भने माग १,३०० एमजीडीको छ।

यसलाई पूरा गर्को लागि जल बोर्डले लगभग 600 स्थानमा ट्यूबवेल बनाउने योजना पनि बनाएको थियो। पहिलो चरणमा 600मध्ये कतिपय क्षेत्रमा ट्यूबवेल बनाइएको पनि छ जसबाट १९ एमजीडी पानी प्राप्त भइरहेको छ। दोस्रो चरणमा २६० ट्यूबवेल बनाउने योजना थियो जसको लागि जल बोर्डलाई लगभग १,८०० करोड़ रुपियाँको आवश्यकता छ। यसको निम्ति जल बोर्डका अधिकारीहरूले दिल्ली सरकारको वित्त विभागलाई पत्राचार पनि गरिसकेका छन्, तर अहिलेसम्म धनराशि प्राप्त नभएको कारणले दोस्रो चरणको ट्यूबवेल बनाउने काम शुरू भएको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *