जवानहरूको साथ होली मनाउन लेह पुगे रक्षा मन्त्री

2024_3largeimg_128408259.jpeg

जम्मू: रक्षामन्त्री राजनाथ सिंह सेना प्रमुख मनोज पाण्डेको साथ आइतवार जवानहरूसंग होली मनाउन लद्दाखको लेह पुगेका छन्। लेह हवाई अड्डामा रक्षा मन्त्रीको लद्दाखका उपराज्यपाल बीडी मिश्रा, प्रशासन र सेनाका उच्च अधिकारीहरूले स्वागत जनाए।

रक्षा मन्त्रीले लेहमा हल अफ फेममा देशको रक्षाको निम्ति आफ्नो सर्वोच्च बलिदान दिने जवानहरूलाई याद गर्दै पुष्पाञ्जलि अर्पित गरे। यस अवधि उनले जवानहरूको साथ होली मनाए। उनीहरूलाई अबिर लगाउँदै मिठाई पनि खुवाए।

रक्षा मन्त्री राजनाथ सिंहको आइतवार विश्वको सबैभन्दा अग्लो युद्धक्षेत्र सियाचिनमा जवानहरूसंग होली मनाउन पुग्ने योजना थियो तर मौसममा परिवर्तन भएपछि उनलाई आफ्नो सियाचिन यात्रा रद्द गर्नपऱ्यो र उनले लेहमा जवानहरूसंग होली मनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement