भिन्ना-भिन्नै ठाउँबाट अधिक मात्रामा रम-रक्सी उद्धार, २ जना पक्राउ

1000579021.jpg

सिलगढी: प्रधान नगर थाना पुलिसले दुई भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर अधिक मात्रामा विदेशी रम-रक्सी सहित २ जनालाई पक्राउ गरेकाे छ। पक्रा परेकाहरूकाे नाम सुजीत राय र सुरज साह बाताएकाे छ। प्राप्त जानकारी अनुसार गत राति सिलगढीबाट रम-रक्सी किनेर बिहारमा तस्करी गर्ने सुजीत रायको योजना रहेको थियो। तर यसभन्दा अगावै प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा सिलगढी जङ्क्शन बिहार बस स्ट्यान्डबाट सुजीत रायलाई विदेशी रम-रक्सी सहित पक्राउ गरेको बताइएको छ। अर्कोतिर, गत अबेर राति गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले सिलगढी नगरनिगमको एक नम्बर वार्ड अन्तर्गत कुलीपाडा इलाकाको एउटा घरमा अभियान चलाएर अधिक मात्रामा रम-रक्सी उद्धार गरेको छ। यसको साथै घरमा गैर कानुनी रूपमा अवैध रम-रक्सीको व्यवसाय गरेको आरोपमा सुरज साहलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement