५-९ अगस्तसम्म ३१औं व्याडमिन्टन प्रतियोगिता आयोजना गरिने

BWF-696x364.webp

गान्तोक: व्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस)ले आगामी ५-९ अगस्तसम्म ३१औं व्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै व्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका सी. अध्यक्ष जाङपो भोटियाले उक्त जानकारी गराएका हुन्। पत्रकाहरूलाई सम्बोधन भोटियाले उक्त प्रतियोगिता राज्यको विभिन्न जिल्लामा आयोजना गरिने बताए। विशेष गरेर राज्यका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले राज्यमा पहिलोपल्ट यस प्रकारको प्रतियोगिता आयोजना गरिने निर्णय लिएको उनको भनाइ रहेको छ। उक्त प्रतियोगिता अन्तर्गत सब जुनियर,जुनियर महिला र पुरूष दुवै वर्गको निम्ति रहनेछ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले राष्ट्रीय अनि जोनलमा सहभागी जनाउने अवसर पाउने उनले थप जानकारी गराए। सो प्रतियोगिताबाट राज्यका खेलाडीहरूले धेरै अनुभव बटुल्न सक्ने उनले अवगत गराए। यस अवसरमा संस्थाका महासचिव सुकन्त दास र उपाध्यक्ष जिग्मी नामग्याल लगायत अन्यहरू पनि रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement