सडकमा मदपान गर्न मनाही गर्दा पुलिससित झगडा तथा हातापाई, २ जना पक्राउ

Capture-16.jpg

सिलगढी: सडकमा मदपान गर्न मनाही गर्दा पुलिससित विवाद तथा झगडा गरेको आरोपमा हातापाई गरेको आरोपमा २ जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा उत्तम पाल (३६) र राजकुमार दास (३३) सामेल छन्। पक्रा परेका दुईजना सिलगढी र मतिगढा निवासी हुन्। प्राप्त जानकारी अनुसार सिलगढी मेट्रोपोलिटन पुलिसले होलीको अवसरमा सहरको सुरक्षालाई ध्यानमा राखेर अबेर रातिसम्म पेट्रोलिङ तथा चेकिङ गरिरहेको छ। यसैबीच गत राति उत्तम पाल र राजकुमार दास जलपाइमोडमा एउटा कारमा बसेर मदपान गरिरहेको देखेपछि पुलिसले तिनीहरूलाई सडकमा बसेर मदपान गर्न मनाही गर्दा पुलिससित विवाद गर्न थाले। यसपछि ती दुईले पुलिससित हातापाई समेत गरेको आरोप रहेको छ। सिलगढी थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर ती दुईजना पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *