बङ्गाल-बिहार सीमाबाट ब्राउन शुगर सहित युवक पक्राउ

Capture2-13.png

खोरीबारी: खोरीबारीको बङ्गाल-बिहार सीमाबाट ब्राउन शुगर सहित १ जना युवकलाई पक्राउ परेकाे छ। आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम खोरीबारीको केसरडोबा निवासी सुशान्त साहा (३३) बताइएको छ। प्राप्त जानकारी अनुसार गत राति खोरीबारीको बङ्गाल-बिहार सीमाको भातगाउँ एसएसबी ४१ बटालियनका जवानहरूले एकजना युवकलाई सन्देहको आधारमा रोकेर छानबीन गर्दा ९० ग्राम ब्राउन शुगर र एउटा मोबाइल उद्धार गरेको बताइएको छ। यसपछि एसएसबीका जवानहरूले उक्त युवकलाई खोरीबारी थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *