सिलगढी: पुलिसले मोहम्मद सुलेमान हक नामकाे एकजना बदमाशलाई पिस्तोल तथा कार्तुस सहित पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। तिनी प्रधान नगर थाना अन्तर्गत इलाका निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति सुलेमानलाई चम्पासरी अञ्चल इलाकामा कुनै अपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले पिस्तोल लिएर घुमफिर गरिरहेको देखेपछि प्रधान नगर थाना पुलिसले तिनलाई रोकेर छानबीन गर्दा वान सटर पिस्तोल र एउटा जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ।

आरोपी मोहम्मद सुलेमान हक पुलिस रिकर्डमा पुरानो अपराधी हुन्। तिनको नाममा केही अपराधिक मामिला पहिलाबाटै दर्ता गरिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।









