आईपीएलमा ९०० चौका लगाउने पहिलो खेलाड़ी बने शिखर धवन

IMG-20240324-WA0196.jpg

मोहाली: मुल्लांपुरको नयाँ महाराजा यादवेन्द्र सिंह इण्टरनेशनल क्रिकेट स्टेडियममा पञ्जाब किंग्सले आईपीएल २०२४-को आफ्नो पहिलो म्याचमा दिल्ली क्यापिटल्सलाई पराजित गऱ्यो। पञ्जाब किंग्सका कप्तान शिखर धवनको निम्ति यो म्याच खास रह्यो। धवनले आफ्नो टीमलाई तेज शुरुवात दिलाए अनि अन्तमा उनको टीमले म्याचमा ४ विकेटले जीत हासिल गऱ्यो। यस अवधि धवन आईपीएलको इतिहासमा ९०० वटा चौका लगाउने पहिलो खेलाड़ी बने। आईपीएलमा धवनले अहिलेसम्म ९०२ वटा चौका लगाइसकेका छन्। यस सूचीमा रोयल च्यालेञ्जर्स बेंगलोरका विराट कोहली ८९८ वटा चौकाको साथ दोस्रो स्थानमा छन्। त्यसपछि डेविड वार्नर (८७७) तेस्रो, रोहित शर्मा (८११) चौथो र सुरेश रैना (७०९) पाँचौं स्थानमा छन्। यसको साथमा धवनले एउटा नचाहिँदो रेकर्ड पनि बनाए। उनी आईपीएलको इतिहासमा सर्वाधिकपल्ट बोल्ड हुने खेलाड़ी पनि बने। दिल्ली क्यापिटल्स विरुद्ध म्याचमा उनी आईपीएलमा ३९औं पल्ट बोल्ड भए। यसअघिसम्म उनी कोहली (३८ पल्ट)-सँग बराबरीमा थिए। यस सूचीमा शेन वाट्सन (३५ पल्ट), मनीष पाण्डे (३०) र अम्बाती रायडू (२९) जस्ता दिग्गजहरू पनि रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *