गोपाल लामाले गरे महाकाली मातृ मन्दिरमा पूजा

IMG-20240324-WA0162.jpg

सिलगढी: दार्जिलिङ लोकसभा सिटका तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले आज पाथरघाटास्थित महाकाली मातृ मन्दिरमा पूजा गरेर आफ्नो चुनावी अभियानको शुरुवात गरेका छन्। दार्जिलिङ जिल्ला (समतल) तृणमूल कांग्रेस जिल्ला अध्यक्ष पापिया घोष सहित धेरै नेताहरु उहाँ संग थिए।दार्जिलिङ लोकसभा सिटबाट बीजेपीले अहिलेसम्म आफ्नो उम्मेदवार घोषणा गरेको छैन तर तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाको नाम घोषणा भएपछि उनले जोरदार प्रचारप्रसार शुरु गरेका छन्।

विकासको नाममा आम जनतालाई भेटेर भोट माग्न थालेका छन्।

About Author

Advertisement