सिलगढी: सिलगढी देवकोटा सघंको साहित्य एवं शिक्षा विभागको आयोजनामा २१ मार्चको विश्व कविता दिवसको आयोजना गरियो। कार्यक्रमको सभापतित्व सङ्घका उपसभापति श्री विजय सुवेदीले गर्नुभयो। कार्यक्रमलाई सञ्चालन गर्नुहुँदै संयोजिका श्रीमती देवीका मग्राती राईद्वारा सबैलाई स्वागत एवं अभिनन्दन ज्ञापन गर्नुभयो। श्रीमती देवीका मंगरातीले आफ्नो कविता वाचन गर्दै संघका सचिव श्री पिटि एल्मोद्वारा पठाइएको कविता पाठ गर्नुभयो भने साहित्यकार श्री कालो सिंह रानापहेलीद्वारा पठाएको कविता पनि पाठ गर्नुभयो।यसपछि सँगका वरिष्ठ सदस्य श्रीमती राधा प्रधानद्वारा ओमकार अनि मन्त्र उच्चारण गरी सभालाई अघि बढाइयो। विश्व कविता दिवसको अवसरमा साहित्यकार सतिश रसाइलीद्वारा विश्व कविता दिवस अनि नेपाली साहित्य विषयमा रोचक चर्चा गरी एउटा मिठो कविता वाचन गर्नुभयो। श्रीमती मीरा अरोडा द्वारा स्वरचित कविता मुक्तकण्ठले पाठ गर्नुभयो। अनि विश्व कविता दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो। संघका प्रमुख सल्लाहकार श्री गणेश प्रधान द्वारा खुबै रोचक ढङ्गमा प. धनिधर शर्माद्वारा लिखित नैवेद्यका साहित्य सुधार र आफ्नो स्वरचित कविता पाठ गर्नुभयो। संघका युवा विभागका संयोजिका श्रीमती गीता देवानद्वारा पनि एउटा स्वरजित कविता पाठ गर्नुभयो। यसरी नै श्रीमती रोहिता क्षेत्रीद्वारा एउटा कविता पाठ गर्दै सबैलाई अभिनन्दन ज्ञापन गर्नुभयो। सङ्घको संगीत विभाग संयोजक श्री श्याम कुमार प्रधानले एउटा कविता पाठ गर्नुभयो अनि श्रीमती पार्वती देवनले आफ्नो कविता पाठ गर्नुभयो। सङ्घका सहसचिव श्री श्याम प्रधानद्वारा देश र समाज परिवर्तनको निम्ति आह्वान र माग गर्दै मिठा मुक्तकहरु प्रस्तुत गरे। सङ्घका सभापति श्री मिलन रुचालद्वारा पनि आफ्नो कविता रोचक ढङ्गमा प्रस्तुत गर्नुभयो। अन्तमा समारोहका सभापति श्री विजय सुवेदीद्वारा संक्षिप्त साहित्य चर्चा गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम समाप्त गर्नुभयो।









