ट्राफिक जामको समस्यामा राष्ट्रिय राजमार्ग १०

IMG-20240324-WA0147.jpg

कालेबुङ: गत दुई दिन अघि परेको पानीले राष्ट्रिय राजमार्ग १० को लिखुभीर, २७ माइल क्षेत्रमा पैह्रो गएपछि दुई दिनको लागि सवारीसाधन बन्द गरिएको छl यसको असर आज चित्रे नजि क सिक्किम जाने राजमार्ग १० मा परेको छl हिजो रातिदेखि ठूला ठूला ट्राकहरु फसेका हुनाले बाक्लो गरि सडक जाम भएको छl ट्रकका चालकहरुका अनुसार हिजो रातिदेखि निक्कै समस्या भोग्नु परिरहेको छl एकजना ट्रक चालक दिलकुमार छेत्रीका अनुसार हिजो साँझ छह बजेदेखि चित्रे नजिक फसेका छन्l हिजो रातिदेखि एक कप चियाको भरमा बसेको उनी बताउँछन्l जाम भएको ठाउँका छेउछाउमा कुनै पसलहरु छैनl पर्यटक डेनिस आफू दुई घण्टादेखि ट्राफिक जाममा फसेको र साँझको हावाइजहाजको टिकट रहेको बताउँछन्l ढिलो हुने देखेर उनी तनावमा देखिन्थेl ट्राफिक नियन्त्रणका लागि कोही नभएको बताउँदै व्यवस्था बारे असन्तुष्टि व्यक्त गरेl आज पानी परेको छैन तर ट्राफिक जामको कारणले चालक, यात्रीहरू सबैले नै समस्या भोग्नु पर्योl लिखुभीर र २७ माइल क्षेत्रमा छिट्टै यातायत सुचारु गराउन तेज गति कार्य चलिरहेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement