गान्तोक: राज्यको पहिलो गैर सरकारी संस्था डर्टी एञ्जल मोटर साइकलले नाम्ची सरकारी महाविद्यालयमा सेनीटेरी पे भेन्डिङ मशिन जडान गऱ्यो। उक्त महाविद्यालयका विद्यार्थीहरू साथै एसकेएम विद्यार्थी प्रकोष्ठको आग्रहमा उक्त मशिन जडान गरिएको हो। आज जडान गरिएको सेनीटेरि पेड मशिन राज्य सरकारद्वारा शुरू गरिएको बिहनी योजना अन्तर्गत रहेको बताइएको छ। यस मशिनले यस महाविद्यालयका छात्राहरूलाई धेरै सहयोग पुग्न सक्ने आशा व्यक्त गरिएको छ। यस संस्थाले स्थापनाकालेदखि नै सामाजिक कार्यहरू गर्दै आइरहेको छ। उक्त मशिन जडानको निम्ति दक्षिण जिल्लाका जिल्लापाल एम भरानी कुमारलाई क्लबले सहयोग पुऱ्याएकोमा धन्यवाद दिएको छ।
About Author
Post Views: 239