आईपीएलमा रसेलको २०० छक्का पूरा

IMG-20240324-WA0142.jpg

काेलकत्ता: काेलकत्ताको ईडन गार्डन्समा प्रशंसकहरूले एकपल्ट फेरि आन्द्रे रसेलको ब्याटबाट ठूल्ठूलो छक्काहरू हेर्ने मौका पाए। सनराइजर्स हैदराबाद विरुद्ध आईपीएलको म्याचमा काेलकत्ता नाइट राइडर्सको स्कोर ६ विकेटमा ११९ रन हुँदा रसेल मैदानमा आए अनि ३ वटा चौका र ७ वटा छक्काको साथ २५ बलमा अविजित ६४ रन बनाएर टीमको स्कोर २०८ सम्म पुऱ्याए। यसको साथै रसेलले आईपीएलमा सबैभन्दा तेज २०० वटा छक्का लगाउने रेकर्ड पनि बनाए। रसेलले आईपीएलमा आफ्नो ९७औं ईनिंग्समा यस उपलब्धिलाई हासिल गरे। म्याचमा रसेल बाहेक केकेआर-बाट रमनदीप सिंहले पनि ४ र फिल सल्टले ३ वटा छक्का लगाए। रसेलले आईपीएलमा केवल १३२२ बल खेलेर २०० वटा छक्का पूरा गरे। यस मामिलामा उनले वेष्ट इण्डिजकै क्रिस गेलको रेकर्ड तोड़े, जसले १८११ बल खेलेर २०० वटा छक्का लगाएका थिए। आईपीएलमा सर्वाधिक छक्का लगाउनेहरूका सूचीमा रसेल अहिले नवौं स्थानमा रहेका छन्। यस सूचीमा गेल ३५७ वटा छक्काको साथ शीर्षमा छन्। त्यसपछि शीर्ष पाँचमा भारतका रोहित शर्मा (२५७), दक्षिण अफ्रिकाका एबी डीभिलियर्स (२५१), भारतका महेन्द्र सिंह धोनी (२३९) र विराट कोहली (२३५) रहेका छन्। त्यसपछि अष्ट्रेलियाका डेविड वार्नर (२२८) छैटौं, वेष्ट इण्डिजका कायरन पोलार्ड (२२३) सातौं र सुरेश रैना (२०३) आठौं नम्बरमा रहेका छन्।
आईपीएलमा रसेलले विशेषगरी भारतीय पेस बलर भुवनेश्वर कुमार विरुद्ध असाधारण प्रदर्शन गरेका छन्। उनले यस पेस बलरको ३७ बल खेलेर ९ वटा चौका र ८ वटा छक्काको साथ ९७ रन बनाएका छन्। यस अवधि उनको स्ट्राईक रेट २६२-को रहेको छ। उनी भुवनेश्वरको बलिंगमा एकपल्ट मात्र आउट भएका छन्। रसेलले सनराइजर्स विरुद्ध अहिलेसम्म ११ वटा ईनिंग्समा ३०४ रन बनाए पनि यो उनको पहिलो अर्द्धशतक हो। यसअघि उनी तीनपल्ट ४९ रनमा अविजित रहेका थिए। यस टीम विरुद्ध उनको १६० भन्दा अधिकको स्ट्राईक रेट रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *