ईंग्ल्याण्ड विरुद्ध ब्राजीलको जीत

IMG-20240324-WA0138.jpg

लण्डन: ब्राजीलले युवा फूटबलर एण्ड्रिकको एकमात्र गोलको सहायताले इण्टरनेशनल फ्रेण्डली म्याचमा ईंग्ल्याण्डलाई १-०-ले पराजित गऱ्यो। वेम्बले स्टेडियममा खेलिएको यस म्याचमा दुई टीमबीच रोमाञ्चक प्रतिस्पर्धा भयो। म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने आयोजक टीमले पहिलो हाफको खेलमा ब्राजीलमाथि निरन्तर दबाउ सृष्टि गऱ्यो अनि टीमले गोलको मौकाहरू पनि बनाएको थियो तर टीमले सफलता चाहिँ हासिल गर्न सकेन। विशेषगरी म्यानचेष्टर सिटीका फरवर्ड फिल फोडेन र रियल म्याड्रिडका मीडफिल्डर जूड बेलिंघमले ब्राजीलका गोलकीपर बेण्टोको कड़ा परीक्षा लिए। दोस्रो हाफको खेलमा चाहिँ विनिसियस जूनियरको साथमा रोड्रिगो र राफिन्हाले ईंग्ल्याण्डलाई चेपारोमा पार्ने प्रयास गरे। ब्राजीलले पनि दुवै हाफमा गोल गर्ने केही नजिकको मौका गुमायो। अन्तमा सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा प्रवेश गर्ने १७ वर्षीय खेलाड़ी एण्ड्रिकले ८०औं मिनटमा गोल गरी ब्राजीललाई जीत दिलाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *