आईपीएल २०२४:रसेलको पावर-ले केकेआर-को रोमाञ्चक जीत

IMG-20240324-WA0111.jpg

काेलकत्ता: वेष्ट इण्डिजका दिग्गज अलराउण्डर आन्द्रे रसेलको उत्कृष्ट प्रदर्शनले काेलकत्ता नाइट राइडर्स (केकेआर)-ले आईपीएल २०२४-को म्याचमा सनराइजर्स हैदराबाद विरुद्ध ४ रनले रोमाञ्चक जीत हासिल गऱ्यो। यहाँको ईडन गार्डन्समा टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-ले खराब शुरुवातपछि ओपनर फिल सल्ट (५४ रन) र रसेल (अविजित ६४ रन)-को अर्द्धशतकको सहायताले २० ओभरमा ७ विकेट गुमाएर २०८ रन बनायो। सल्टले भरपूर प्रयास गरे पनि एक समय केकेआर-ले ५१ रनमै शीर्ष ४ विकेट गुमाइसकेको थियो। यसमा सुनिल नारिन ०२, भेंकटेश अय्यर ०७, कप्तान श्रेयस अय्यर शून्य र नितिश राणा ०९ रन बनाएर आउट भए। सल्टले रमनदीप सिंह (१७ बलमा ३५ रन)-सँग मिलेर स्कोरलाई १०५-सम्म पुऱ्याए। सल्टले ४० बल खेलेर ३ वटा छक्का र ३ वटा चौका लगाए।यसरी रमनदीपले ४ वटा छक्का र एउटा चौका लगाए। पछिबाट यी दुईजना लगातार अन्तरालमा आउट हुँदा रसेलले मोर्चा सम्हाले। उनले रिंकू सिंहबाट असल साथ पाए अनि यी दुईले मिलेर अन्तिम ६ ओभरमा सनराइजर्सका बलरहरूलाई पिट्नसम्म पिटे। रसेल र रिंकुले मिलेर सातौं विकेटको निम्ति ३८ बलमा ८१ रनको पार्टनरशीप गरे। रसेलले केवल २५ बल खेलेर ७ वटा छक्का र ३ वटा चौका लगाए। यसरी रिंकुले १५ बलमा २३ रन बनाए। सनराइजर्सका बलरहरूमा टी नटराजनले सर्वाधिक ३ विकेट लिए।

त्यसपछि सनराइजर्सको टीमलाई दुईजना ओपनर मयंक अग्रवाल (२१ बलमा ३२ रन) र अभिषेक शर्मा (१९ बलमा ३२ रन)-ले मिलेर असल शुरुवात दिलाए। यी दुईले पहिलो विकेटको निम्ति ३३ बलमा ६० रन जोड़े। त्यसपछि यी दुवै ओपनरको साथमा राहुल त्रिपाठी (२०) र एडेन मार्करम (१८)-लाई लगातार अन्तरालमा गुमाउँदा स्कोर एक समय ४ विकेटमा १११ रन रहेको थियो। त्यहाँबाट दक्षिण अफ्रिकाका विकेटकीपर-ब्याटर हेनरिक क्लासेनले जिम्मेवारी लिएर अन्तसम्म लड़ाइँ गरे। क्लासेनले ८ वटा छक्काको साथ २९ बलमा ६३ रन बनाए। उनले पहिला अब्दुल सामद (१५) र पछिबाट शाहबाज अहमद (१६)-सँग मिलेर अन्तसम्म लड़ाइँ गरे तर केकेआर-का बलरहरूले पनि संयमको साथ बलिंग गर्दै टीमलाई जीत दिलाए। यसरी सनराइजर्सको टीमले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो। केकेआर-का बलरहरूमा हर्षित राणाले ३ र आन्द्रे रसेलले २ विकेट लिए। रसेललाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *