गान्तोक: भारतीय जनता पार्टीले सिक्किममा आगामी लोकसभा र राज्य विधानसभा चुनाउ कुनै क्षेत्रीय पार्टीसित गठवन्धन नगरी एक्लै लड़ने भएको छ। प्रदेश भाजपाका प्रतिनिधिहरूको हिजो नयाँ दिल्लीमा पार्टीका केन्द्रीय नेतृत्वसितको बैठक पछि यस्तो निर्णय लिइएको पार्टी सूत्रले बताएको छ। उल्लेखनीय छ, यसपल्टको चुनाउ भाजपा-ले सिक्किम क्रान्तिकारी मोर्चासित मिलेर लड़ने चर्चा थियो। दुई दिन अघि एसकेएम अध्यक्ष तथा कार्यवाहक मुख्यमन्त्री प्रेम सिंह तामाङ पनि नयाँ दिल्ली गएका थिए। तर पनि दुई पार्टीबीट चुनाउपूर्व गठवन्धन हुननसकेको कुरा प्रष्ट भएको छ। यस विषयमा दुवै पार्टीबाट कुनै आधिकारिक बयान भने आएको छैन।
यसरी गठवन्धनको सम्भावना समाप्त भएपछि भारतीय जनता पार्टीले अब राज्यका सबै ३२ वटा विधानसभा आसन र एउटा लोकसभा आसनमा आफ्नो उम्मेद्वार खड़ा गर्ने पार्टी सूत्रले बताएको छ। नयाँ दिल्लीबाट फर्किएपछि आज नै सिक्किम प्रदेश भाजपा-को एउटा साङ्गठनिक बैठक बस्ने र सम्भवतः १५ देखि २० जना उम्मेद्वारको नाम सार्वजनिक गर्ने बताइएको थियो तर राष्ट्रिय राजमार्ग १० वाधित भएकोले गान्तोक फर्कन ढिलाई भएपछि सम्भवतः भोलि उम्मेद्वारहरूको सूची जारी गरिनेछ।
राज्यमा साङ्गठनिक रुपमा कमजोर भारतीय जनता पार्टीको लागि एसकेएम तथा कुनै अन्य क्षेत्रीय पार्टीसित गठवन्धन नहुनु निक्कै ठूलो झट्का रहेको राजनीतिक जानकाहरूको भनाइ रहेको छ। उल्लेखनीय छ, एसकेएम पार्टीको सरकार रहेको पछिल्लो पाँच वर्ष भारतीय जनता पार्टी गठवन्धन सरकारको एउटा घट









