नेपाली साहित्यको विमर्श विषयमा एक दिवसीय व्याख्यान शृङ्खला सम्पन्न

IMG-20240324-WA0005.jpg

गान्तोक: सिक्किम विश्वविद्यालय भाषा अनि साहित्य सङ्कायअन्तर्गत नेपाली विभागले शुक्रबार भारतीय नेपाली साहित्यको विमर्श नाममा एक दिवसीय व्याख्यान शृङ्खला आयोजना गऱ्यो। तीनवटा सत्रमा विभाजित कार्यक्रमलाई सिक्किम विश्वविद्यालयको भाषा अनि साहित्य सङ्कायकी डीन प्राध्यापक रोजी चामलिङले अध्यक्षता गरेकी थिइन् भने कार्यक्रममा मुख्य अतिथिका रूपमा सिक्किम विश्वविद्यालयका कुलसचिव प्राध्यापक लक्ष्मण शर्मा उपस्थित थिए। कार्यक्रमको उद्घाटन सत्रमा आफ्नो सम्बोधनको क्रममा मुख्य अतिथि प्राध्यापक लक्ष्मण शर्माले नेपाली भाषाको भारतीय सन्दर्भ कस्तो हुनसक्छ भन्ने विषयमा जिज्ञासा प्रकट गरेका थिए। भारतीय नेपाली भाषा साहित्यलाई खण्डित होइन तर एकत्रित गराउनुका साथै भारत र नेपालका नेपाली साहित्य अलग विषय हो भन्ने यस कार्यक्रमले देखाउने उनले बताए। भारतीय नेपाली नेपाली साहित्य यहाँको लामो समयको सङ्घर्षको भोगाइ रहेको पनि उनले बताए। यसका साथै अब हामीले कृषि विज्ञान साहित्यमा पनि काम गर्नुपर्ने उनको भनाइ रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख वक्ताको रूपमा उपस्थित कालेबुङ महाविद्यालयका नेपाली विभागका प्राध्यापक सञ्जय छेत्रीले भारतीय नेपाली भाषाको तद्भवीकरण र मानकीकरण विषयमा आफ्नो वार्ता प्रस्तुत गरेका थिए। भाषाको कथ्य रूपममा स्थानीय शब्दहरू आउँछन् साथै नेपाली भाषाको स्थानीय भेद सबैतिर रहेको उनले आफ्नो वार्तामा बताएका थिए। भाषा बेग्लाबेग्लै नभए तापनि स्थानीय भेदहरू भने रहेको उनले बताए। नेपाली भाषाको जन्म खस अप्रभंशबाट भएको हो, संस्कृतबाट भएको होइन भन्ने पनि उनले वार्तामा बताएका थिए।उद्घाटन सत्रमा कार्यक्रम अध्यक्ष प्राध्यापक रोजी चामलिङले भारतमा नेपाली साहित्यको अलग चिन्हारी स्थापित हुन किन आवश्यक छ भन्ने विषयमा सबैले चिन्तन गर्नुपर्ने आवश्यकता रहेको विचार राखेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement