मोहाली: पञ्जाब किंग्सले इण्डियन प्रीमियर लीग (आईपीएल) – को १७औं सीजनमा जीतको साथ शुरुवात गर्दै शनिवार खेलिएको म्याचमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गऱ्यो। महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले २० ओभरमा ९ विकेटमा १७४ रन बनायो। त्यसपछि पञ्जाब किंग्सले १९.२ ओभरमा ६ विकेटमा १७७ रन बनाएर म्याच जित्यो। पञ्जाब किंग्सलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्टार अलराउण्डर कुरेनले ४७ बल खेलेर ६ वटा चौका र एउटा छक्काको साथ ६३ रन बनाए। कुरेनलाई प्लेयर अव् द म्याच चयन गरियो। पञ्जाब किंग्सको शुरुवात खराब रह्यो अनि ४२ रनसम्म कप्तान शिखर धवन २२ र जनी बेयरस्टो ९ रन बनाएर आउट भइसकेका थिए। त्यहाँबाट ईंग्ल्याण्डका २६ वर्षीय कुरेनले पहिला प्रभसिमरन सिंहसँग मिलेर स्कोरलाई ८४ रनसम्म पुन्याए। प्रभसिरनले १७ बल खेलेर २६ रन बनाए। त्यसपछि विकेटकीपर जितेश शर्मा (९ रन) चाँड़ै आउट भए पनि कुरेनले लियम लिविंगस्टोनसँग पाँचौं विकेटको निम्ति ६७ रनको पार्टनशीप गरी दिल्लीको हार सुनिश्चित गरे। लिविंगस्टोनले २१ बलमा ३ वटा छक्का र २ वटा चौकाको साथ अविजित ३८ रन बनाए।
म्याचमा टस हारेर पहिला ब्याटिंग गर्ने दिल्ली क्यापिटल्सबाट ५ जनाले २० भन्दा अधिक रन बनाए पनि कसैले अर्द्धशतक बनाएनन् । डेविड वार्नरले २१ बलमा ३ वटा चौका र २ वटा छक्काको साथ २९ रन अनि मार्शले १२ बलमा २ वटा छक्का र २ वटा चौकाको साथ २० रन बनाए।अर्शदीप सिंहले मार्शलाई आउट गरी यस पार्टनरशीपलाई तोड़ेपछि वार्नरले शाई होपसँग मिलेर स्कोरलाई ७४ रनसम्म पुऱ्याए। होपले २५ बल खेलेर २ वटा छक्का र २ वटा चौकाको साथ सर्वाधिक ३३ रन बनाए। त्यसपछि दिल्ली क्यापिटल्सको मध्य क्रममा कसैले पनि क्रीजमा समय बिताउन सकेनन्, जसमा कप्तान रिषभ पन्त (१९ रन) पनि सामेल छन्। अन्तमा अक्षर पटेल (२१ रन) र अभिषेक पोरेल (अविजित ३२ रन) ले मिलेर टीमलाई असल स्कोरसम्म पुयाए। अभिषेकले १० बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए।









