अब हामी भ्रष्टाचार विरुद्ध कडारूपमा लडाई लड्ने छौः डीआर थापा

1000579026.jpg

गान्तोक: भारतीय जनता पार्टी, सिक्किमका अध्यक्ष डीआर थापालाई आज रम्फूमा पार्टी कार्यकर्ताहरूले भव्य स्वागत जनाए। उनी आज राष्ट्रिय राजधानी दिल्लीमा पार्टी हाई कमानसॅंग आगामी चुनाउबारे रणनीतिमाथि चर्चा गरेर फर्किआएका हुन्।

थापाले रम्फूमा सत्ताधारी एसकेएम पार्टीसॅंग गठबन्धन समाप्त भएको घोषणा गर्दै अब भ्रष्टाचारको विरोधमा भाजपाले कड़ा आवाज उठाउने छ भने।

उनले भ्रष्टाचारको विरोधमा अब स्वतन्त्र कारबाहीको संकेत दिॅंदै सिक्किमको विकासको निम्ति प्रतिबद्धता व्यक्त गरे। उनले भाजपा र एसकेएमबिच गठबन्धन नहुनु राज्यवासीहरूको हितमा भाजपाको रणनीतिक पदक्षेप रहेको बताए।

प्रदेश अध्यक्ष थापाले पार्टी कार्यकर्ताहरू र दिल्लीका केन्द्रिय नेतृत्वहरूबाट प्राप्त समर्थनको निम्ति आभार व्यक्त गरे। उनले केन्द्रिय नेताहरूबाट आगामी चुनाउमा भरपुर सहयोग एवं समर्थनको आश्वासन प्राप्त भएको पनि जानकारी गराए। उनले भाजपा आगामी चुनाउ लगायत राज्यमा सकारात्मक परिवर्तनको निम्ति तयार रहेको छ भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement