गान्तोक: एसकेएम पार्टीको झण्डा लगाउने क्रममा आज दरामदिन निर्वाचन क्षेत्र अन्तर्गत बुड़ीयाखोपमा दल बहादुर गुरुङ र कूल बहादुर गुरूङले एसडीएफ पार्टीलाई त्याग गर्दै एसकेएम पार्टीमा सामेल भएका छन्।
सिक्ताम तिक्पुर निवासी शुक बहादुर सुब्बाले पनि एसडीएफ पार्टीलाई त्याग गर्दै एसकेएम पार्टीमा सामेल भएको बताइएको छ।
सोही प्रकारले मिडल तिक्पुर निवासी पंच लेप्चा पनि एसडीएफ पार्टीलाई त्यागेर एसकेएम पार्टीमा सामेल भए। दरामदिन समष्टीमा पनि धेरै जनताले बिपक्षी पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भएको बताइएको छ।