गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको नेतृत्वमा आज राजभवनमा ‘अर्थ आवर’ पालन गरियो। यस अवधि राजभवनमा राति ८:३० बजीदेखि ९:३० बजीसम्म सबै अनावश्यक बिजुली र अन्य इलेक्ट्रोनिक उपकरणहरू बन्द गरेर अर्थ आवर- को वैश्विक अभियानलाई उर्जा प्रदान गरियो।
राजभवनद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, अर्थ आवर पालन गर्नु पर्यावरणप्रति हाम्रो संवेदनशीलताको प्रतीक हो। यो हाम्रो पर्यावरणको रक्षा गर्ने र ग्लोबल वार्मिङ जस्ता चुनौतीहरूको सामना गर्ने दिशामा एउटा महत्वपूर्ण कदम हो।
राज्यपालले अर्थ आवर पालन गर्न सबैलाई अपील गरेको बताइएको छ।









