गान्तोक: मल्ली निर्वाचन क्षेत्र अन्तर्गत लुङचोक कमेरे जीपीयूको थर्पु वार्ड पञ्चायत सदस्य निश्चल विश्वकर्म सत्तारूढ़ एसकेएम पार्टीमा सामेल भएको दाबी गरिएको छ। उनले सिटिजन एक्सन पार्टी (क्याप) सिक्किम त्यागेर एसकेएममा सामेल भएको बताइएको छ। उनी आज एसकेएम पार्टीका उपाध्यक्ष तिलक बस्नेत, लुङचोक कमेरे जीपीयूका पञ्चायत सभापति पेन्चो लेप्चा र बेलबोटो वार्ड पञ्चायत सदस्य सुशिल छेत्रीको उपस्थितिमा एसकेएममा सामेल भएका छन्।










