विश्व क्षय रोग दिवसमा राज्यपालको सन्देश

1000519924.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले विश्व क्षय रोग दिवसमा सिक्किमवासीहरूको निम्ति सन्देश जारी गरेका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, विश्व क्षय रोग दिवस पालन गर्नुको उद्देश्य हाम्रो समुदायलाई टीबीको वैश्विक प्रभावको बारेमा शिक्षित गर्नु, नियन्त्रित गर्ने दिशामा जागरूकता बढाउनु र यससॅंग लड्ने प्रयासहरूलाई प्रोत्साहित गर्नु हो।

उनले भने, सिक्किमलाई राष्ट्रिय क्षय रोग उन्मूलन कार्यक्रम अन्तर्गत ५० लाखभन्दा कम जनसंख्या भएका राज्यहरूमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने राज्यको रूपमा मान्यता प्राप्त हुनु सिक्किमद्वारा गरिएका अथक प्रयासहरूको प्रमाण हो।

राज्यपालले यस अवसरमा ती सबै समर्पित स्वास्थ्य कर्मीहरू, विभिन्न संगठन र मानिसहरूको सराहना गरेका छन् जसले टीबी उन्मूलनको दिशामा अथक प्रयास गरिरहेका छन्। उनले भने, टीबी मुक्त समाजको दिशामा म सबैसॅंग निक्षय मित्र पहललाई अपनाएर टीबी विरुद्ध लडाईमा एक साथ अगाडि बढ्ने आग्रह गर्दछु। राज्यपालले अघि भनेका छन्, वर्ष २०२४ को थी हो, हामी टीबीलाई समाप्त गर्न सक्छौ रहेको छ। यो थीमले हाम्रो समुदायप्रति हाम्रो सामूहिक जिम्मेवारीलाई दर्साउॅंछ। यो सामूहिक प्रतिबद्धताका साथ यस बिमारीलाई नियन्त्रित गर्न र एक स्वस्थ, टीबी मुक्त समाज निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौ।

About Author

Advertisement