इंग्ल्याण्डकी राजकुमारी केट मिडलटनलाई क्यान्सर

Princess-Kate-Middleton

इंग्ल्याण्डकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ। राजकुमारी केटले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो। उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन्। भिडियोमा उनले भनेकी छन्, ‘केही अविश्वसनीय कठिन महिनाहरू पछि ठूलो झटका लागेको थियो। म अहिले ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु।’ इंग्ल्याण्डको दरबारले उनी पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गरेको छ। राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया गरिएको थियो तर त्यति बेला क्यान्सर भएको थाहा नभएको बताइएको छ। राजकुमारी केटले भनेकी छन्, ‘यद्यपि शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो। मेरो मेडिकल टिमले मलाई निवारक केमोथेरापीको कोर्स लिनु पर्ने सल्लाह दियो। म उपचारको प्रारम्भिक चरणमा छु।’ उनको केमोथेरापी फरवरीको अन्त्यमा शुरु भएको थियोl’ दरबारले भने यस समयमा कुनै पनि व्यक्तिगत चिकित्सा जानकारी साझा नगर्ने बताएको छ। यो कस्तो क्यान्सर हो भने बारे राजकुमारीले बताएकी छैनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *