नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी र भूटानका प्रधानमन्त्री महामहिम छिरिङ तोब्गेले भारत सरकारको सहयोगमा थिम्पुमा निर्मित अत्याधुनिक अस्पताल ग्यालत्सुएन जेट्सुन पेमा वाङचुक आमा तथा बाल अस्पतालको उद्घाटन गरे। भारत सरकारले १५० शैयाको ग्यालत्सुएन जेट्सुन पेमा वाङचुक आमा तथा बाल अस्पतालको विकासका लागि दुई चरणमा सहयोग उपलब्ध गराएको छ। २२ करोडको लागतमा निर्माण भएको यस अस्पतालको पहिलो चरण २०१९ देखि संचालनमा रहेको छ। दोस्रो चरणको निर्माण १२औँ पञ्चवर्षीय योजना अन्तर्गत रु ११९ करोडको लागतमा २०१९ मा शुरु भएको थियो र अहिले सम्पन्न भएको छ। यो नवनिर्मित अस्पतालले भुटानमा मातृ तथा बाल स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेछ। नयाँ अस्पतालमा बालरोग, स्त्री रोग तथा प्रसूति, एनेस्थेसियोलोजी, शल्यक्रिया थिएटर, नवजात शिशु सघन उपचार र बाल चिकित्सा सघन उपचारका लागि अत्याधुनिक सुविधा हुनेछ। ग्यालत्सुएन जेट्सुन पेमा वाङचुक आमा तथा र बाल अस्पताल स्वास्थ्य सेवाको क्षेत्रमा भारत-भुटान साझेदारीको एक चम्किलो उदाहरण हो। -पीआईबी