एसयुसीआईद्वारा राज्य भरिका ४२ लोकसभा सीटका लागि उम्मेदवारहरूको नाम घोषणा

Screenshot_20240323_154148_WhatsApp

सिलगढी: भाजपाले धार्मिक विभाजनको राजनीति गरेको अनि केन्द्र सरकारले नागरिकता दिनुको सट्टा खोसिरहेको आरोप एसयुसीआई पश्चिम बंगाल राज्य समितिका सचिव चण्डीदास भट्टाचार्यले लगाएका छन्l उने शनिबार पत्रकार सम्मेलन गरेका हुन्। यससँगै उनले राज्यभरका ४२ उम्मेदवारको नाम घोषणा गरे। उनले भने, ‘केन्द्रको एनडीए सरकारले विगत १० वर्षमा गरेको कुनै पनि वाचा पूरा गर्न सकेको छैन। यति मात्र होइन, उनीहरू (भाजपा)ले धार्मिक विभाजन, साम्प्रदायिक विभाजन सृजना गर्दै नागरिकता दिनुको सट्टा नागरिकताको नाममा नागरिकता खोसिरहेका छन्। अब नागरिकले आफू नागरिक भएको प्रमाणित गर्नुपर्छ?’ उनले भने, ‘हामी धार्मिक विभाजन विरुद्ध लडिरहेका छौँ, त्यसैले एसयुसीआईले राज्यभर ४२ सिटमा उम्मेदवार खडा गरेको छ भने दार्जीलिङ जिल्लाबाट शाहरिया आलमलाई उम्मेदवार बनाएको छ।‘ कार्यक्रममा राज्य समिति सदस्य मृदुल सरकार, पश्चिम बंगाल राज्य समिति सदस्य तथा दार्जीलिङ जिल्ला एसएससीआई सचिव गौतम भट्टाचार्यलगायत उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement