बागडोगरा: बागडोगरा थानाको पुलिसले आपराधिक घटनालाई परिणाम दिन अगावै तीनजना उपद्रवीहरूलाई पक्राउ गरेको छ। पक्राउ गरिएका उपद्रवीहरूमा कबीर शेख (२६), अजय छेत्री (२०) र रवि उराँव (२०) सामेल छन्।
यिनीहरू सबै नै बागडोगरा निवासी हुन्। बागडोगरा थानाको पुलिसले सबैलाई गए शुक्रवार अबेर राती पक्राउ गरेको थियो।
पुलिस सूत्र अनुसार बागडोगराको केस्टपुरस्थित एक मैदानमा दश-बाह्रजना उपद्रवीहरू कुनै आपराधिक घटनालाई परिणाम दिने उद्देश्यले भेला भएका थिए जसको गुप्त सूचना पाएर बागडोगरा थानाको पुलिसले उपद्रवीहरूलाई घेराबन्दी गऱ्यो। पुलिसले तीनजना उपद्रवीलाई समाते भने अन्य उपद्रवीहरू भाग्न सफल भए। घटनास्थलबाट केही हतियार पनि जफत गरिएको छ। बागडोगरा थानाको पुलिस अघिल्लो कारबाहीमा जुटेको छ।










