सिलगढ़ी: ट्रेनको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु भएको छ। घटना बागडोगराको केष्टोपुर क्षेत्रमा शनिवार घटेको हो। हालसम्म मृतकको पहिचान हुन सकेको थिएन। स्थानीय मानिसहरूले दिउँसो बागडोगराको केष्टोपुर क्षेत्रस्थित रेलवे लाइनमामा शव देखे। त्यसपछि बागडोगरा पुलिस र रेलवे पुलिसलाई यसको सूचना दिए। घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पुऱ्यायो। रेलवे पुलिस शवको पहिचान गराउनमा जुटेको छ।










