लगातार हिमपातले सन्दकपुमा रोड वाधित

IMG-20240323-WA0299.jpg

ल्याण्डलोभर ड्राईभर एसोसिएशन रोड खेलाउन प्रयासरत्

दार्जीलिङ: दार्जीलिङ पहाड़को उच्च स्थानमा रहेको सन्दकपु क्षेत्रमा लगातार हिमपातको कारणले सन्दकपु जाने रोड बन्द भएको छ। रोड बन्द भएपछि सिंहलिला ल्याण्डलोभर ड्राईभर एसोसिएशनका सदस्यहरूले हिउँ सोहोरेर रोड सफा गर्ने कार्य गरिरहेका छन्। यस कार्यमा एसोसिएशनका सदस्यहरूसितै सुखे सिमाना ग्राम पञ्चायतको उप प्रधान अनिल तामाङ पनि रोड सफा गर्न लागिपरेका छन्। उक्त हिउँ सफा गरेर रोड खोलाउने विषयमा बोल्दै सुखे सिमाना ग्राम पञ्चायतको उप प्रधान साथै एसोसिएशनको सदस्य अनिल तामाङले गत २१ मार्चको दिन परेको हिमपातको सन्दकपु जाने रोड बन्द भएको छ भनी बताएका छन्।

उनले सन्दकपु पुग्न चार किलोमीटर अघि रोडमा डेढदेखि दुई ईञ्च हिउँ थुप्रेक कारणले रोड बन्द छ तर हामी ल्याण्ड रोभर ड्राईभर एसोसिएशनका सदस्यहरूले मिलेर रोड खेलाउने प्रयास गरिरहेको र यसै क्रममा एसोसिएशनको ३०-४० जना सदस्यहरू लागि परेको अनि कतिले माथिबाट पनि रोड खेलाउन हिउँ सफा गर्ने कार्य गरिरहेको बताएका छन्। उनले बताए अनुसार मौसम खराब बने पनि एसोसिएशनको सदस्यहरू हिउँ सोहोरेर रोड खेलाउने प्रयासमा लागि परेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement