तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको वार्षिक खेलकूद कार्यक्रम सम्पन्न

IMG-20240323-WA0290.jpg

खरसाङ: तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको वार्षिक खेलकूद कार्यक्रम तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा सम्पन्न भएको छ। उक्त वार्षिक खेलकूद कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती राई प्रधान, उप प्रधान रञ्जित थापा अनि अतिथिको रूपमा विद्यालयका भूतपूर्व शिक्षकहरू लिला सिंह, टिकादत्त गिरी र बिक्रम मंगर लगायत विद्यालय सञ्चालन समितिको सभापति रबीन गजमेर र सचिव अमिताभ प्रधान उपस्थित रहेका थिए। यस वार्षिक खेलकूद कार्यक्रममा स्वागत सम्भाषण सिनियर शिक्षक देबेन्द्र लामाले राखेका थिए भने कार्यक्रमलाई शिक्षिका इन्दु शर्मा र शिक्षक सुप्रेम छेत्रीले सञ्चालन गरेका थिए। विद्यालयको वार्षिक खेलकूद कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले विभिन्न खेलहरूमा सहभागिता जनाएका थिए जुन हाउस अनुसार प्रतियोगितामूलक खेलकूदहरू आयोजना गरिएको थियो। यसमा मार्चपास्ट, ड्रिल साथै विभिन्न प्रतियोगितामूलक खेलहरू जस्तै – विभिन्न श्रेणी अनुसारको वर्गमा दौड, हल पासिङ, डिबगोली रेस, बिस्कुट रेस लगायत अन्य खेलहरू समावेस गरिएको थियो। यस अन्तर्गत मार्चपास्टमा यल्लो हाउस प्रथम, ग्रिन हाउस दोस्रो र रेड हाउस तेस्रो भएका छन्। त्यसरी नै ड्रिलमा ब्लु हाउस प्रथम, रेड हाउस दोस्रो र येल्लो हाउस तेस्रो भएका छन्।

यस वार्षिक खेलकूद कार्यक्रममा हाउस प्रतियोगिता अन्तर्गत सम्पूर्णमा शिक्षक देवेन मंगरको नेतृत्वमा रहेको रेड हाउस प्रथम बनेको छ भने येल्लो हाउस दोस्रो, ब्लु हाउस तेस्रो र ग्रिन हाउस चौथो बनेको छ। यी खेलकूद प्रतियोगिताहरूमा निर्णायकको रुपमा पूर्व शिक्षक टिकादत्त गिरी, सागरमणि प्रधान, विभिन्न विद्यालयहरूका शिक्षक शिक्षिकाहरू क्रमैले नयन खाती, कर्म लामा, सञ्जीवनी तोया, सुरेन गुरुङ, अनुपा सिंह, दिक्षा प्रधान, भूतपूर्व सैनिक एसके छेत्री आदि उपस्थित रहेका थिए। कार्यक्रममा आफ्नो सम्बोधनमा प्रमुख अतिथि सभासद नवराज छेत्रीले विद्यालयको विभिन्न समस्याहरू समाधान गरिदिने वचन दिन्दै विद्यार्थीहरूका लागि खेलकूदका सामाग्रीहरू प्रदान गरिदिने आश्वासन दिएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन वर्तमान शिक्षक प्रभारी रञ्जना छेत्रीले राख्दै विद्यार्थीहरूलाई पढाईसितै खेलकूद पनि आवश्यक रहेको र यसै अन्तर्गत विद्यालयमा वार्षिक खेलकूद कार्यक्रम आयोजना गरिएको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement