मोस्ट वान्टेड ग्याङ्ग्स्टर प्रसाद पुजारी चीनबाट भारत ल्याइयो

gangster-prasad-pujari-extradited-from-china-to-mumbai-by-crime-branch-officials.jpg

मुम्बई: कुख्यात ग्याङ्ग्स्टर प्रसाद विट्ठल पुजारीलाई मुम्बई पुलिसले चीनबाट मुम्बई फर्काएको छ। धेरै वर्षदेखि भागिरहेको पुजारी विरूद्ध इन्टरपोलले रेल कर्नर नोटिस पनि जारी गरेको थियो।

पुलिस अनुसार, प्रसाद पुजारी २००८ देखि चीनमा अस्थायी निवास भीसामा बसिरहेको थियो। भारतीय एजेन्सीहरूको हातमा नपरोस् यसको निम्ति पुजारीले एक चीनी महिलासित बिहे पनि गरेको थियो। चीन उसलाई मुम्बई पुलिसलाई सुम्पिन सहमत भयो। यसपछि पुलिस अधिकारीहरूको एक टीम ४४ वर्षीय पुजारीलाई शनिवार बिहान फ्लाइटमा लिएर मुम्बई पुग्यो र उसलाई लक-अपमा लगियो।

कुमार पिल्लई गिरोहको सदस्य पुजारी धेरै गम्भीर अपराधहरूमा भागेको थियो। शिवसेनाको एक पदाधिकारीको हत्याको असफल प्रय़ास, अपहरण, मृत्युको धम्की र मुम्बई तथा अन्य स्थानहरूमा प्रमुख मानिसहरूलाई निशाना बनाएर बलपूर्वक असूली गिरोहमा उसको नाम अघि आएको थियो। प्रसाद पुजारी उत्तर-पूर्वी मुम्बईको विक्रोलीको निवासी हो।

वर्ष २०२० मा पुजारीले आफ्नी आमा इन्दिरा विट्ठल पुजारी र अन्य दुई जनाको साथमा 10 लाख रूपियाँको असूली गर्न एक बिल्डरको अपहरणको षड़यन्त्र रचेको थियो। मुम्बई पुलिसले इन्दिरा पुजारीलाई पक्राउ गरेको थियो तर उसको छोरालाई समाउन सकेन। पुलिस सोधपुछमा इन्दिराले उसको छोरा प्रसाद पुजारी भारतीय एजेन्सीहरूको हातमा नपरोस् यसको निम्ति उसले एक चीनी महिलासित बिहे पनि गरेको बताएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement