खरसाङको वार्ड नम्बर आठमा भागोप्रमोकोे वार्ड कमिटी गठन

IMG-20240323-WA0271.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकोे तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए भने वार्डका नारी शक्तिका अध्यक्ष चित्रकला लामाले उपस्थित सबैलाई स्वागत गर्दै स्वागत भाषण राखेका थिए। आजको यस वार्ड कमिटी गठन गर्नकाे निम्ति राखिएको सभामा वार्डका वरिष्ठ सदस्य डीबी लामा अनि गोपाल प्रधानले वार्डकाे विभिन्न समस्याहरुसँग अवगत गराए। सभामा वक्तव्य राख्ने क्रममा २८ नम्बर समष्टिका सभासद श्याम शेर्पा, खरसाङ टाउन कमिटीका कार्यवाहक अध्यक्ष संदीप बल, सांगठनिक सचिव रञ्जन गजमेरले सांगठनिक विषयमा वक्तव्य राखेका थिए। सभामा टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाखरीनले वार्ड कमिटी गठन गर्नकोे निम्ति केन्द्र समितिद्वारा दिएको निर्देश तथा चलाउने प्रणाली विषय लिएर जानकारी दिँदै संगठन सुचारू रूपले चलाउन हेतु सुझावहरु राखे। त्यसपछि भागोप्रमो वार्ड कमिटी गठन गरियो। वार्ड कमिटीमा अध्यक्ष सुभाष राई, उपाध्यक्ष कमल श्रीमल, मूल सचिव डीबी लामा, सह सचिव गोपाल लामा, कोषाध्यक्ष जीवन प्रधान, सलाहकार पेमा योञ्जन, कार्यकारिणी सदस्य रमेश सिंह, बब्लु सिंह, दावा लामा, अर्जुन राउत, मणि सुब्बा, युबलाल सुनवार, एमबी छेत्री अनि नरेन्द्र खवासलाई राखियो। आजको सभामा टाउन कमिटीका सलाहकार राजेन प्रधान, कार्यकारिणी सदस्य विकास तमांग श्याम प्रधान, अन्जय टोलंगी, पासाङ योल्मो उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement