समाजसेवी सुमती छेत्रीले गरिन् क्यान्सर रोगीलाई आर्थिक सहयोग

IMG-20220802-WA0166.jpg

सिङ्ताम। कुनै पनि शरीरको कोशीका अनावश्यक र असामान्य तरिकाले बढ्दा क्यान्सर जस्तो भयावह रोगलाई नियन्त्रण दिएको भन्ने बुझिन्छ। सिक्किममा दिनहुँ थुप्रै बिमारीले औषधि उपचारको खर्च जुटाउन नसकेर कतिपय मानिसहरू मृत्युको मुखमा पुगेका छन्। कति स्रोत आवश्यक पर्ने ठाउँ सम्म पुग्नलाई त्यसको प्रक्षेपको आधारमा त्यो आवशयक्तालाई कसरी पुरा गर्ने भन्ने प्रश्नको उत्तर पाउन सजिलो छैन। त्यो पनि क्यान्सर जस्तो घातक रोगको।
यस्तै घातक रोगले ग्रस्त भएका तिनेक चिसोपानी निवासी दोर्जे तामाङ र उनका छोरा पासाङ तामाङलाई भेट्न आज सिक्किमकी एक सक्रीय समाजसेवी श्रीमती सुमती छेत्री उनीहरुका घर पुगिन्। उहाँले रोगीको हालको स्थितिबारे सोधखोज गरिन् तथा सान्त्वना सहित केही आर्थिक सहयोग राशी पनि प्रदान गरिन्। श्री दोर्जे तामाङ केही महिनादेखि क्यान्सर रोगले पिडित छन्। उनको अवस्था शिथिल र चिन्ताजनक रहेको थाहा लागेको छ। दुखको घड़ीमा आर्थिक सहयोग पाएकोमा रोगीका परिवारले सुमती छेत्रीप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *