पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले जपे कश्मीर राग

नयाँ दिल्ली: पाकिस्तानका नेता विश्वको कुनै पनि मंचमा कश्मीर मुद्दा नउठाई बस्न सक्दैनन्। संयुक्त राष्ट्र संघद्वारा खाद्य सुरक्षामा बोलाइएको बैठकमा पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले खाद्य सुरक्षामाथि कुरा कम कश्मीर राग अधिक गाए। यसमा भारतको तर्फबाट पनि उनलाई जोडदार जवाफ दिइयो।

संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय खाद्य सुरक्षामा मन्त्री स्तरीय सम्मेलन डाकेको छ। यसमा भाग लिनका लागि पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारी विदेश मन्त्रीको रूपमा पहिलोपल्ट अमेरिका यात्रामा गएका छन्। बिलावलले आफ्नो भाषणको शुरूआत त खाद्य सुरक्षाबाट गरे तर केही बेरपछि नै उनी कश्मीरलाई लिएर भारत विरूद्ध विष पोख्न थाले। उनले भने, ‘भारतले कश्मीरको विशेष दर्जा समाप्त गरी धेरै ठूलो गलती गरेको छ। ५ अगस्त २०१९ मा भारत सरकारद्वारा लिइएको यो निर्णय़ संयुक्त राष्ट्रको प्रस्तावनाको उल्लङ्घन होl’ उनले भारतमा कश्मीरीहरूमाथि उत्पीड़न र निर्दोषहरू विरूद्ध अत्याचारको आरोप पनि लगाए। उनले यही महिना कश्मीरलाई लिएर परिसीमन आयोगको सिफराशिहरूको मुद्दा पनि उठाए।

बिलावलको यस बयानपछि भारतको तर्फबाट पाकिस्तानको आलोचना गरियो। भारतले बिलावलको टिप्पणीलाई हताशामा दिइएको प्रतिक्रिया ठहर गऱ्यो, जसको उद्देश्य कुनैपनि मंच र हरेक विषयको दुरूपयोग गर्नका लागि झूठा र दुर्भावनापूर्ण प्रचार गर्नु हो। संयुक्त राष्ट्रमा भारतका स्थायी मिशनको काउन्सलर राजेश परिहारले भने, ‘जम्मू- कश्मीर र लद्दाखको केन्द्र शासित प्रदेश सदैव भारतको अभिन्न र अविभाज्य हिस्सा थियो, हो र रहनेछ। यसमा त्यो क्षेत्र पनि सामेल छ, जुन पाकिस्तानको अवैध कब्जामा छ। कुनैपनि देशको तर्फबाट कुनैपनि बयानबाजी र दुष्प्रचारले यस तथ्यलाई खारेज गर्न सक्दैनl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement