होण्डा-द्वारा स्मार्ट वर्कशप मोबाइल ऐप लञ्च

HMSI-Senior-Management-launching-the-Smart-WorkShop-Mobile-App.jpg

नयाँ दिल्ली: होण्डा मोटरसाइकल एण्ड स्कुटर इण्डिया (HMSI)-ले ग्राहकहरूलाई उनीहरूको वाहनको सर्विसिंगको वास्तविक-समय जानकारी प्रदान गर्न डिजाइन गरिएको ‘स्मार्ट वर्कशप’ मोबाइल ऐप लञ्च गरेको छ। ‘स्मार्ट वर्कसप’ ऐप मार्फत ग्राहकले अब आफ्नो सवारी साधनको सर्विसिंगको हरेक चरण एसएमएस लिंक मार्फत ट्र्याक गर्न सक्नेछन् । सेवा केन्द्र (सर्विस सेण्टर)-हरूमा, ग्राहकको गाड़ीले भेहिकल इन-भेहिकल रिपेयर-भेहिकल आउट जस्ता विभिन्न चरणहरू पार गर्दछ। सर्विसिंगको प्रत्येक चरण पूरा गरेपछि ग्राहकले एसएमएसद्वारा पठाइएको लिंक मार्फत प्रक्रिया पूरा भएको सूचना प्राप्त गर्नेछ, जसले ग्राहकहरूलाई उनीहरूको सवारी साधनको वास्तविक समय जानकारी प्राप्त गर्न अनुमति दिनेछ। कम्पनीले आउँदो वर्षको अन्तसम्ममा चरणबद्ध रूपमा भारतभरिका सबै अधिकृत मुख्य डिलर सर्विस सेण्टरहरूमा स्मार्ट वर्कशप मोबाइल ऐप विस्तार गर्नेछ। अहिले हैदराबाद, जयपुर, पुणे र मुम्बई जस्ता प्रमुख शहरहरूमा यो सेवा भइसकेको छ।
मुख्य विशेषताहरूः
१) अनुकूल इन्टरफेसद्वारा वाहन सेवा प्रक्रियाको प्रत्येक चरणमा सूचित रहनुहोस्, ग्राहकको लागि पारदर्शिता र मानसिक शान्ति सुनिश्चित गर्नुहोस्।
२) क्यू म्यानेजमेण्ट सिस्टम: व्यस्तताको समयमा ऐपले ग्राहकहरूलाई ग्राहक लाउञ्जमा आरामसँग विश्राम गरेर समय बिताउने सुविधा प्रदान गर्छ।
३) एसएमएस लिंक आधारित फीडब्याक संग्रह: ग्राहकहरूबाट सीधै सुविधाजनक एसएमएस लिंक मार्फत मूल्यवान प्रतिक्रिया प्राप्त गर्नुहोस्, निरन्तर सुधार प्रवर्द्धन गर्दै र ग्राहक सन्तुष्टि सुनिश्चित गर्नुहोस्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *