महिला हकी टीमलाई नयाँ मजबूती प्रदान गर्ने वाचा गरिन् कप्तान सविता पूनियाले

IMG-20240323-WA0211.jpg

नयाँ दिल्ली: राँचीमा ओलम्पिक क्वालीफायरमा हारको पीढ़ाले जीवनभरि सताउनेछ तर भारतीय महिला हकी टीमकी कप्तान सविता पूनियाले भविष्यमा फेरि यस्तो दिनहरू देख्न नपरोस् भनेर आउँदो चार सालमा टीमलाई नयाँ मजबूती प्रदान गर्ने वाचा गरेकी छन्। सविताले भनिन्, ओलम्पिक क्वालीफायरमा हार्नु हाम्रो निम्ति यस्तो नराम्रो क्षण रह्यो जसलाई खेलाड़ीहरूले शायद जीवनभरि भुल्नेछैनन्। त्यस तीतो यादहरूबाट म अहिलेसम्म पनि मुक्त हुन सकेकी छुइनँ। उल्लेखनीय छ, रियो ओलम्पिक २०१६-को माध्यमले ३६ सालपछि ओलम्पिकमा फर्किने भारतीय महिला हकी टीम टोक्यो ओलम्पिकमा ऐतिहासिक चौथो स्थानमा रहेको थियो। त्यसपछि राँचीमा यस सालको शुरुवातमा भएको क्वालीफायरमा चाहिँ जापान विरुद्ध हारेर भारतले पेरिस ओलम्पिकमा स्थान बनाउने मौका गुमाएको थियो।
यस अनुभवी गोलकीपरले भनिन्, म राँचीको अनुभवबारे कुरा गर्न चाहदिन कारण त्यसले मनमा दुःख दिन्छ। हामीले टोक्योमा चौथो स्थानमा रहने खुशी देख्यौं अनि अहिले ओलम्पिकमा नखेल्ने दुःख पनि। जे भए पनि हामी खेलाड़ी हौं अनि जीत-हारले धेरै कुरा सिकाउँछ। अहिले कम्तीमा हाम्रो मनमा राम्रो नखेलेको पछुतो चाहिँ छैन। हामी सबैले आफ्नो शत प्रतिशत दियौं अनि हाम्रो तयारी राम्रो थियो। यसैकारण आउँदो टुर्नामेण्टहरूमा आशानुरुप प्रदर्शन गर्ने वाचा गर्छौं। राँचीमा शायद हामीलाई भाग्यले साथ दिएन। प्रशंसकहरूभन्दा अधिक त हामी दुःखी थियौं। हामीले धेरै मेहनत गरेकी थियौं। कप्तान सविताले भनिन्, यो हाम्रो निम्ति एउटा शिक्षा हो। मलाई आफ्नो यात्राबारे थाहा छैन तर ओलम्पिक र विश्व कपमा खेल्ने अनि राम्रो खेल्ने लक्ष्यको साथ हामी आउँदो चार सालमा टीमलाई शक्तिशाली बनाउन चाहन्छौं।
भारतको निम्ति २००८-मा सीनियर स्तरमा पदार्पण गर्ने सविताले भनिन्, मानिसहरूले त केवल नतीजा हेर्छन् तर एकजना सीनियर खेलाड़ी या कप्तानको रूपमा म हाम्रो प्रदर्शन ग्राफ माथि नै गएको दावी गर्न सक्छु। सीनियर राष्ट्रिय च्याम्पियनशीपमा ६ सालपछि खेलिरहेकी यस खेलाड़ीले भनिन्, कुनै पनि खेलले तपाईंलाई अतीतलाई भुलेर अघि बढ़्नु सिकाउँछ। यसैकारण म पुणेमा सीनियर राष्ट्रिय महिला च्याम्पियनशीपमा खेल्न आएकी छु कारण हकी मेरो जीवन हो। मैदान बाहिर बस्नु मलाई मन पर्दैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *