कोहलीको टी२० क्रिकेटमा १२ हजार रन पूरा

IMG-20240323-WA0112.jpg

चेन्नई: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को ओपनिंग म्याचमा चेन्नई सुपर किंग्सले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-लाई ६ विकेटले पराजित गऱ्यो। म्याचमा हारको सामना गर्नु परे पनि आरसीबी-का स्टार ब्याटरले एउटा अभूतपूर्व उपलब्धि हासिल गरे। शुक्रवार राति ६ रन बनाउनको साथै कोहली टी२० क्रिकेटमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय ब्याटर बने। यसरी सबैभन्दा तेज १२ हजार टी२० रन बनाउनेहरूका सूचीमा चाहिँ उनी दोस्रो स्थानमा रहन पुगे। उनी क्रिस गेलको रेकर्ड तोड़्नदेखि चुके। टी२० प्रारूपमा १२ हजार रन पूरा गर्ने उनी विश्वका छैटौं ब्याटर हुन्। कोहलीभन्दा अघि वेष्ट इण्डिजका क्रिस गेल (१४५६२ रन) , पाकिस्तानका शोएब मलिक (१३३६० रन), वेष्ट इण्डिजकै कायरन पोलार्ड (१२९०० रन), ईंग्ल्याण्डका एलेक्स हेल्स (१२३१९ रन) र अष्ट्रेलियाका डेविड वार्नर (१२०६५ रन)-ले यस आँकड़ालाई पार गरेका थिए। कोहलीको नाममा अहिले १२०१५ टी२० रन रहेको छ। कोहलीले आफ्नो ३६०औं ईनिंग्समा १२ हजार टी२० रन पूरा गरे जबकि गेलले ३४५ वटा ईनिंग्समा यस उपलब्धिलाई हासिल गरेका थिए। सबैभन्दा तेज १२ हजार रन बनाउनेहरूका सूचीमा वार्नर (३६८ ईनिंग्स) तेस्रो र हेल्स (४३२ ईनिंग्स) चौथो स्थानमा छन्। यसको साथै कोहलीले म्याचमा १५ रन बनाउनको साथै चेन्नई सुपर किंग्स विरुद्ध १ हजार रन पनि पूरा गरे। आईपीएलमा कुनै एउटा टीम विरुद्ध १ हजारभन्दा अधिक रन बनाउने मामिलामा कोहली छैटौं स्थानमा छन्। डेविड वार्नरले पञ्जाबको फ्रेञ्चाइजी (११०५ रन) र कलकत्ता नाइट राइडर्स (१०७५ रन) विरुद्ध सर्वाधिक रन बनाएका छन्। कोहलीले आरसीबी-बाट खेल्दै दिल्ली क्यापिटल्स विरुद्ध १०३० र चेन्नई सुपर किंग्स विरुद्ध १००६ रन बनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *