चेन्नईको टीम लक्ष्यलाई पीछा गर्नमा दक्ष रहेको स्वीकार गरे डूप्लेसिसले

IMG-20240323-WA0110.jpg

चेन्नई: चेन्नई सुपर किंग्स विरुद्ध इण्डियन प्रीमियर लीग (आईपीएल)-मा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-को प्रदर्शन सदा खराब रहेको छ। आईपीएल २०२४-को उद्घाटन म्याचमा पनि यसमा कुनै बद्लाउ देख्न पाइएन। आरसीबी-ले पहिलो ब्याटिंग गर्दै १७३ रन बनाए पनि चेन्नईका ब्याटरहरूलाई लक्ष्य हासिल गर्न कुनै समस्या भएन। यसरी आरसीबी-को टीम ६ विकेटले पराजित भयो। शुक्रवार राति म्याच हारेपछि आरसीबी-का कप्तान फाफ डू प्लेसिसले भने, ब्याटिंग गर्दा ६ ओभरपछि रन रेटमा सामान्य ह्रास आउने गर्छ। यसबाहेक बीचका ओभरहरूमा चेन्नईको टीम असल छ। उनीहरूले आफ्ना स्पिनरहरूका दममा तपाईंलाई रोक्ने गर्छन्। शायद हामी १५-२० रन पछि रह्यौं। पीच त्यति खराब पनि थिएन। यसबाहेक उनीहरू लक्ष्यलाई पीछा गर्नमा सदा अघि रहन्छन्। हामीले केही विकेट हासिल गर्ने कोशिष गऱ्यौं तर अन्तमा हामीसँग पर्याप्त रन थिएन। यस पीचमा पहिला ब्याटिंग गर्नु सदा असल रहन्छ।
डूप्लेसिसले गत साल रेकर्ड पहिला ब्याटिंग गर्ने टीमहरूका पक्षमा रहेको बताए। उनले भने, आज हाम्रा स्पिनरहरूले सामान्य लय हासिल गरे। दिनेश (कार्तिक)-को निम्ति सीजन सेट गर्नु वास्तवमा असल रह्यो कारण उनले गत केही सालदेखि अधिक क्रिकेट खेलेका छैनन्। अनुजले हाम्रो निम्ति असल काम गरे। उनले संयम देखाए, जुन टीमको निम्ति जरूरी थियो। उल्लेखनीय छ, आईपीएलमा चेन्नई र बेंगलोरको फ्रेञ्चाइजीबीच अहिलेसम्म ३२ वटा म्याच खेलिएको छ। यसमा चेन्नईको टीमले २२ पल्ट जीत हासिल गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *