अलिपुरद्वार: आज बिहान फालाकाटा ब्लकको ब्याङ्गकान्दी इलाकामा लरी र यात्री बोकेको सफारी वाहन आपस्तमा ठोक्किँदा धेरैजना घाइते भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान एउटा सफारी वाहन यात्री बोकेर वीरपाडाबाट जटेश्वरतर्फ गइरहेको समय ब्याङ्गकान्दी इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा खाली लरीसित ठोक्किँदा वाहनको अघिल्लो भाग क्षतिग्रस्त बनेको छ। घटनामा धेरैजना यात्री घाइते भएको छ।

स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर वीरपाडा अस्पतालमा लगेको छ। घटनाको खबर पाएर जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।









