कोलकातामा सुटकेसमा लाश फेला परेपछि सनसनी

Screenshot_20240323_130358_WhatsApp.jpg

कोलकाता: राजधानी कोलकाताको न्यूटाउन क्षेत्र शनिबार बिहान सुटकेसमा लाश भेटिएपछि पूरै क्षेत्रमा सनसनी मच्चिएको छ। धर्मतला पचुरियाको सानो नहरमा रातो सुटकेस राखिएको स्थानीयले पहिलो पटक देखेका थिए। यसबारे तत्कालै पुलिसलाई खबर गरिएको थियो। खबर पाएलगत्तै टेक्नोसिटी पुलिस थानाको पुलिस घटनास्थलमा पुगेर सुटकेसको ताला खोलेर त्यसमा एक व्यक्तिको लाश फेला परेको थियो। मृतकको उमेर ५० देखि ५२ वर्षसम्म रहेको अनुमान गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ। बरामद व्यक्तिको नाम र कसरी मृत्यु भयो भन्नेबारे अनुसन्धान सुरु भएको पुलिसले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुमान कसैले हत्या गरी यहाँ छाडेर गएको हो । तर, आगामी लोकसभा चुनावअघि सुटकेसमा यो शव भेटिएपछि पूरै क्षेत्रमा सनसनी फैलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement