वर्षाको पर्वाह नगरी चुनाउ प्रचारमा निस्के भाजपा प्रत्याशी मनोज तिग्गा

IMG-20240323-WA0176.jpg

अलिपुरद्वार: अलिपुरद्वार भाजपा उम्मेद्वार मनोज तिग्गाले हिजो उम्मेदवारी दर्ता गरेपछि आज बिहानैबाट चुनावी अभियान शुरु गरे। वर्षालाई बेवास्ता गर्दै उनी चुनावी प्रचारका लागि आज बिहान आफ्ना समर्थकसहित चिया बगान क्षेत्रमा पुगेका हुन्। शनिबार बिहान मनोज तिग्गाले चिया बगानका मजदुरहरुबीच प्रचार प्रसार गरेका थिए। मनोज तिग्गाले पार्टीका कार्यकर्तासहित टाउकोमा छाता बोकेर वीरपारा चिया बगानमा चियापत्ती टिप्न व्यस्त कार्यकर्तालाई भेटेर समस्या सुनेका थिए। मनोज तिग्गाले चिया मजदुरका धेरै समस्या छन्, न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन सकेको छैन, ईएलपी बढेको छैन। यसबाहेक चिया मजदुरका धेरै माग छन्। चुनाव जितेपछि उनले यी विषयमा गम्भीरतापूर्वक विचार गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement