फुलबारी: फुलबारी संलग्न बटालियन मोडमा आज बिहान बाइक र वाहन ठोक्किँदा २ जना घाइते भएका छन्। घाइतेहरूको नाम देवाशीष नन्दी र पापिया नन्दी बताइएको छ। प्राप्त जानकारी अनुसार एउटा दम्पति बाइकमा सवार भएर सिलगढीबाट फुलबारीतर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा वाहनले धक्का दिँदा दुई दम्पति घाइते भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उद्धा गरेर अस्पतालमा पठाएको छ। अर्कोतिर, घटनाको खबर पाएर फुलबारी हाईवे ट्राफिक गार्ड पुलिस र एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर बाइक र वाहन आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको छ।