आईपीएलको उद्घाटन म्याचमा चेन्नई सुपर किंग्स ६ विकेटले विजयी

IMG-20240323-WA0004.jpg

चेन्नई: बंग्लादेशका पेस बलर मुस्ताफिजुर रहमानको विध्वंशी बलिंगको सहायताले गत सीजनको च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके)-ले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-लाई इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को उद्घाटन म्याचमा ६ विकेटले पराजित गऱ्यो। एमए चिदम्बरम स्टेडियममा शुक्रवार खेलिएको आईपीएल २०२४-को उद्घाटन म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो। विकेटकीपर ब्याटर अनुज रावतले सर्वाधिक ४८ रन बनाए। उनले २५ बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक दिनेश कार्तिकले अविजित ३८, कप्तान फाफ डू प्लेसिसले ३५ र विराट कोहलीले २१ रनको योगदान दिए। आरसीबी-को टीम एक समय ७८ रनमा ५ विकेट गुमाएर चेपारोमा परेको थियो। त्यसपछि अनुज र कार्तिकले छैटौं विकेटको निम्ति ९५ रनको पार्टनरशीप गरी टीमलाई असल स्कोरसम्म पुऱ्याए। चेन्नईका बलरहरूमा मुस्ताफिजुर रहमानले ४ ओभरमा २९ रन खर्च गरी सर्वाधिक ४ विकेट लिए। जवाफमा सीएसके-ले ८ बल बाँकी रहँदै ३ विकेटमा १७६ रन बनाएर म्याच जित्यो। होम ग्राउण्डमा खेलिरहेको सीएसके-बाट रचिन रविन्द्रले १५ बलमा सर्वाधिक ३७ रन बनाए। उनले ३ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक सुपर सब-को रूपमा खेल्ने शिवम दुबेले अविजित ३४ र रविन्द्र जडेजाले अविजित २५ रन बनाए। यी दुईले पाँचौं विकेटको निम्ति ३७ बलमा ६६ रनको अटूट पार्टनरशीप गरी टीमलाई जीत दिलाए। अजिंक्य रहाणेले २७ र डेरिल मिचेलले २२ रनको योगदान दिए। सीएसके-का नयाँ कप्तान रुतुराज गायकवाड़ केवल १५ रन बनाएर आउट भए। आरसीबी-का बलरहरूमा क्यामरन ग्रीनले सर्वाधिक २ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *