गान्तोक: राजधानीस्थित राजभवन परिसरसमा आज बिहार दिवस भव्यरूपमा पालन गरियो। भारत सरकारको देशको एकता र अखण्डतालाई मजबुत गर्नको साथै अनेकतामा एकतालाई संस्कृतिक उत्सवकोरूपमा पालन गर्नको निम्ति यस प्रकारको प्रचलन शुरू गरिएको हो,जस अन्तर्गत आज बिहार राज्यको स्थापना दिवस पालन गरिएको हो। कार्यक्रमको शुरूमा राजभवनका उपसचिव दिवस गौतमले स्वागत सम्बोधन राखेका थिए। यस अवसरमा बिहारका राज्यपाल राजेन्द्र विश्वनाथद्वारा जारी गरिएको भीडियो सन्देश प्रस्तुत गरियो,जसमा सबै राज्यहरूमा बिहार दिवस पालन गरिएकोमा आभर प्रकट गरेको छ। यसका साथै देशको विभिन्न राज्यमा बसोबासो गर्दै आइरहेको बिहारी समुदायको योगदानको प्रशंसा गरिएको छ। सोही प्रकारले बिहार राजभवनद्वारा बिहार पर्यटनमाथि आधारित एक संक्षिप्त भीडियो पनि प्रस्तुत गरियो,जुन बिहारको संस्कृत विरासतमाथि आधारित रहेको थियो। राज्यपालका सचिव जिग्मी दोर्जी भोटियाको अध्यक्षतमा सम्पन्न भएको यस कार्यक्रममा सम्बोधन गर्दै भोटियाले राज्यपालको तर्फबाट सिक्किम राज्यमा बसोबासो गर्दै आएका बिहारी समुदायलाई शुभकमना दिए। यसरी नै उनले राज्यको अर्थ व्यवस्था र सामाजिक विकासमा योगदान पुऱ्याउने सबैलाई बधाई साथै हार्दिक शुभकामना व्यक्त गरे।









