सोरेङ: सोरेङ जिल्लामा आएका केन्द्रिय व्यय पर्यवेक्षक श्रीकान्त एनले नोडल अधिकारी राकेश शर्मा सहित अन्य अधिकारीहरूलाई लिएर आज दोस्रो दिन सोरेङ जिल्लाका दुईवटा नाका कलुक फाटक र रेशी फाटकको निरीक्षण गरे। विशेष गरेर आगामी १९ अप्रेलमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको व्यय पर्यवेक्षकको रूपमा आएका श्रीकान्त एनले विभिन्न अधिकारीहरूलाई लिएर चुनाउ तयारी बुझ्न नाकाको निरीक्षण गरेका हुन्। निरीक्षणको क्रममा उनले एसएसटी टोलीका नेतृत्वहरूसँग नाकाबारेमा जानकारी लिँदै नाका भएर राज्य प्रवेश गर्ने वाहनहरूको जाँचको जायजा लिए।