गेजिङ, पाकिम, नाम्ची र मंगन जिल्लाबाट कसैले पनि नामाङ्कन पत्र बुझाएनन्

1000579026.jpg

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा चुनाउको निम्ति आज नामाङ्कन पत्र भर्ने तेस्रो दिन गेजिङ जिल्लाबाट एकैजनाले पनि नामाङ्कन पत्र बुझाएनन्। उल्लेखनीय छ, गत २० मार्चदेखि नामाङ्कन पत्र भर्ने प्रक्रिया शुरू भएको हो, तर आज तेस्रो दिन वित्दा पनि कसैले पनि नामाङ्कन पत्र नबुझाएको जानकारी गराइएको छ।

सोही प्रकारले पाकिम जिल्लाबाट पनि आज नामाङ्कन पत्र भर्ने तेस्रो दिन कुनै उम्मेदवारले पनि नबुझाएको जानकारी प्राप्त भएको छ। पाकिम जिल्ला अन्तर्गत पाँचवटा निर्वाचन क्षेत्रमा पश्चिम पाण्डाम, रिनाक, छुजाचेन, नाथाङ माछोङ र नाम्चेबुङ निर्वाचन क्षेत्र पर्दछ।

सोही प्रकारले आज नाम्ची जिल्लाबाट पनि कुनै उम्मेदवारले नामाङकन पत्र नबुझाएको जानकारी गराइएको छ। आज नामाङ्कन पत्र बुझाउने तेस्रो दिनसम्म पनि कुनै राजनीतिक दलका उम्मेदवारले नामाङ्कन पत्र बुझाएनन्। नाम्ची जिल्ला अनतर्गत आठवटा निर्वाचन क्षेत्र रहेको छ, जसमा बर्फुङ, पोकलोक कामराङ, नाम्ची सिङ्गीथाङ, मल्ली, नामथाङ रातेपनी, तिमी नाम्फिङ र राङगाङ याङगाङ सामेल छन्।

उल्लेखनीय छ, उम्मेदवारहरूले बिहान ११ बजीदेखि अपरान्हको ३ बजीसम्म नामाङ्कन पत्र बुझाउन सक्ने छन् भने नामाङ्कन पत्र बुझाउने अन्तिम मिति २७ मार्च रहेको छ। ३० मार्चमा उम्मेदावरहरूले आफ्नो नामाङ्कन पत्र फिर्ता लिन सक्नेछन्।

यसरी नै मंगन जिल्लाबाट पनि आज कुनै पनि पार्टीका उम्मेदवारहरूले विधानसभा र लोकसभा चुनाउको निम्ति नामाङ्कन पत्र नबुझाएको जानकारी प्राप्त भएको छ। मंगन जिल्लामा कूल तीनवटा निर्वाचन क्षेत्र रहेको छ, जसमा लाचेन मंगन, कावि लुङलोक र जङ्गु निर्वाचन क्षेत्र सामेल छन्।

सोरेङ जिल्लाबाट पनि आज नामाङ्कन पत्र भर्ने तेस्रो दिनसम्म कुनै पनि पार्टीका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारले नामाङ्कन पत्र नबुझाएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *