गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति पर्यवेक्षककोरूपमा आएका एसएस सुन्दरसेम, जे प्रेमानन्द र प्रसुन काब्राले आज गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित बैठकमा सहभागिता जनाए। विशेष गरेर यी तीन जना व्यय पर्यवेक्षक हुन्, जसले चुनाउमा राजनीतिक दलहरूद्वारा गरिने खर्चको निगरानी राख्नेछन्।
व्यय पर्यवेक्षकहरूले आम चुनाउको लागि भइरहेको तयारीबारे मूल्याङ्कन गर्नको साथै चुनाउ टोलीको प्रगति जाँच गरेपछि विस्तृत प्रतिवेदन तोकिएका अधिकारीहरूलाई बुझाउनुपर्ने निर्देश दिएका छन्।
आजको यस बैठकमा नेडल अधिकारी, सिक्किम पुलिस, आवकारी विभाग, वन्य एवम् पर्यावरण विभाग, पर्यटन लगायत अन्य विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।