बिना राईले बुझाइन लोकसभा उम्मेदावरको निम्ति नामाङ्कन पत्र

n59396946217111252330522584c01fb9de8c79966d6b681df586fde66e0fe89509789711825514cb66335f.jpg

गान्तोक: नामाङ्कन पत्र भर्ने आज तेस्रो दिन गान्तोक जिल्लाबाट एक उम्मेदवार आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। आज नामाङ्कन पत्र बुझाउनेमा स्यारी निर्वाचन क्षेत्रकी बिना राई रहेकी छन्, जसले लोकसभा चुनाउको निम्ति आफ्नो उम्मेद्व़ारिता दिएकी छन्। उनले आज गान्तोक जिल्लाका जिल्लापाल एवम् रिटर्निङ अधिकारीसमक्ष आफ्नो नामाङ्कन पत्र बुझाएकी छन्। यसका साथै उनी राज्यमै नामाङ्कन पत्र बुझाउने उम्मेदवारहरूमा प्रथम बनेकी छन्।

About Author

Advertisement