सिरिया संकट: राष्ट्र संघले गर्यो चार अर्ब डलर सहयोगको अपिल

Syria

बेरुत: संयुक्त राष्ट्र संघका एक अधिकारीले शुक्रबार सिरियाका लागि करिब चार अर्ब डलरको मानवीय सहयोगको अपिल गरेका छन्। उनले कोष करिब अस्तित्वमा नभएको भन्दै सहयोगको कमीले थप सिरियालीहरूको पलायनलाई प्रेरित गर्ने चेतावनी दिए। १३ वर्षअघि सरकारविरोधी प्रदर्शनको दमनका साथ शुरु भएको सिरिया युद्धबाट पाँच लाख सात हजारभन्दा बढीको मृत्यु भएको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको अर्थतन्त्र, पूर्वाधार उद्योग तहसनहस भएको छ। ‘सन् २०२४ मा हामीले सहायताको आवश्यकता भएका एक करोड ६७ लाख सिरियाली नागरिकमध्ये एक करोड आठ लाखको जीवन बचाउन सहयोग प्रदान गर्नका लागि चार अर्ब सात करोड डलरको अपिल गर्दैछौँ’, सिरियाका लागि संयुक्त राष्ट्रसंघका निवासी एवं मानवीय समन्वयक एडम अब्देल मौलाले भने, ‘देशभरमा कम्तीमा एक करोड २९ लाख मानिस खाद्य असुरक्षामा छन्।’

१ मार्चमा यस वर्षको मानवीय प्रतिक्रिया योजना आवश्यकताहरूको ‘केवल शून्य दशमलव ०२ प्रतिशत’ कोषको व्यवस्था गरिएको भन्दै उनले यसको अर्थ ‘जीवन बचाउने कार्यक्रम र सेवाहरू’मा कटौती गरिएको वा कम गर्दै गइरहेको छ भने। निष्क्रियताले कम्तीमा २५ लाख बालबालिकाले विद्यालयमा फर्कने अवसर गुमाउने छन् भन्दै अब्देलमौलाले प्रजनन उमेरका करिब २३ लाख महिलाले ‘महत्त्वपूर्ण प्रजनन र मातृ स्वास्थ्य सेवामा पहुँच गुमाउन सक्ने’ बताए। उनका अनुसार गाजा क्षेत्रमा प्यालेस्टिनी लडाकू समूह हमाससँग इजराइलको युद्धका कारण वैश्विक ढुवानी अवरोधले सिरियामा वस्तुको मूल्यमा वृद्धि र देशमा लक्ष्यहरू विरुद्ध इजराइली हवाई आक्रमणमा ‘उल्लेखनीय वृद्धि’ भएको छ। सन् २०११ मा गृहयुद्ध शुरु भएदेखि नै इजराइलले सिरियामा सयौँ हवाई आक्रमण गरेको छ। यसमा हिजबुल्लाहसहित इरान समर्थित बलहरूका साथै सिरियाली सेनाका स्थानहरूमा पनि निशाना बनाइएको छ। यद्यपि ७ अक्टोबरमा हिजबुल्लाहको सहयोगी हमाससँग इजराइलको युद्ध सुरु भएपछि आक्रमण बढेको छ। ‘सिरियामा विमानस्थालहरूमा निशाना बनाउँदा मानवीय हवाई सेवाहरूमा पनि असर परेको छ, गत वर्ष हामीले ४९ वटा मानवीय उडानहरू रद्द गर्नुपर्यो’, अब्देलमौलाले भने। उनले सिरिया संकटलाई बेवास्ता गर्दा ‘आतंकवादको पुनरुत्थान’ र ‘शरणर्थी फिर्तीका लागि अनुकूल परिस्थिति सिर्जना नगर्दा’ लेबनान र जोर्डनजस्ता छिमेकी मुलुकलाई थप अस्थिर बनाउने जस्ता ‘विनाशकारी’ परिणामको सम्भावनाबारे चेतावनी दिए। उनले युरोपमा बसाइँ सर्ने सम्भावनाको वृद्धिबारे पनि चेतावनी दिए। उनका अनुसार सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा सिरियाबाट शरणका लागि दिइएको निवेदनमा ‘३८ प्रतिशतले’ वृद्धि भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *