समीक्षकको समीक्षाको ठिक विपरीत दर्शकको माया बटुल्दै फिल्म ‘अगस्त्य’

aagastya

काठमाडौं: दर्शकको उच्च साथ सहित फिल्म ‘अगस्त्य च्याप्टर १’ चौथो सातामा प्रवेश गरेको छ। दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले समीक्षकहरूको समीक्षाको ठिक विपरीत दर्शकको माया बटुल्दै चौथो सातामा प्रवेश गरेको हो। प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मले चौथो सातासम्म आइपुग्दा केही कम शोहरु पाएपनि दर्शकको साथ घटन दिएको देखिँदैन। फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ। यस हिसाबले फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाउनुका साथै फिल्मले भोलीका दिनबाट यो यात्रालाई अझै निरन्तरता दिने देखिएको छ।

विशेष गरी,  प्रदर्शन अगावैबाट उच्च ‘हाइप’ मिलेको यस फिल्मको मेकिङ, कथावस्तु, कलाकारको अभिनय, एक्सनलाई दर्शकले निकै रुचाएका छन्। कतिले फिल्म बुलन्द भनेका छन् भने, कतिले मेकिङ, क्लाइमेक्सको सस्पेन्स र कलाकारको अभिनय रुचाइएका छन्। यही कारण हलमा दर्शक पनि बढिरहेका छन्। नेपालसँगै ओभरसिज बजारमा समेत प्रदर्शन भएको यो फिल्मलाई विदेशी दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन्। यो फिल्मले अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा लगायतका अन्य देशहरूमा समेत हाउसफुलको निरन्तरता पाइरहेको छ। दर्शकले ’अगस्त्य च्याप्टर १’ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एक खालको चासोको विषय बनाइदिएको पाइन्छ।
हलमा स्वदेशी र विदेशीसहित ६ फिल्मसँग प्रतिस्पर्धाका बाबजुद पनि फिल्म व्यापारमा कमजोर देखिएको छैन। देशभरका कति हलहरूले अन्य फिल्मसँगे ‘अगस्त्य’लाई पनि राम्रो शोज प्रदान गरेका छन्। सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको ‘अगस्त्य’लाई समीक्षकबाट कमजोर समीक्षा पाउँदा पनि फिल्मको व्यापार स्थिर रहनु निर्माण टिमका लागि ठूलो जीत देखिएको छ। विशेष गरी फिल्मले युवापुस्तालाई हलमा तानेको देखिन्छ। डार्क हरिस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ। दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रिया र व्यापार राम्रो भएपछि निर्माण पक्ष ’च्याप्टर २’का लागि उत्साहित भएको छ। जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने जनाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *